२९ जेष्ठ २०७८, शनिबार

काठमाडौं । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मकवानपुरको हेटौडामा शनिबार बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा बहुमतको पारित गरेको हो ।

डोरमणि पौडेल नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई माधवकुमार नेपाल पक्षका सांसदहरुले समेत समर्थन जनाएका थिए । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टीले भने नीति तथा कार्यक्रमको समर्थन गरेनन् ।

नीति तथा कार्यक्रममाथि राप्रपाका दुई सांसद तटस्थ बसेका थिए । नीति तथा कार्यक्रममाथिको छलफल संशोधन प्रस्ताव दर्ता भए पनि बहुमत सांसदले नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेपछि पारित सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

त्यसअघि नीति तथा कार्यक्रमाथि उठेका प्रश्नको जवाफ दिदै मुख्यमन्त्री डोरमणि पौडेलले संविधानको घेराभित्र रहेर प्रदेश सरकारको नीतिमा टेकेर काम गर्नुपर्ने भन्दै त्यसैअनुसार अघि बढिरहेको जिकिर गरे ।

विद्युतीय बस र हेटौंडा–काठमाडौं सुरुङमार्ग संघीय सरकारको सह–लगानीमा सञ्चालन र निर्माण गरिने तथा ४ वर्ष भित्रमा निर्माण सकिने गरी २ अर्ब खर्चमा सुरुङमार्गको काम गरिने मुख्यमन्त्री पौडेलले जनाए ।

प्रदेशसभाको अर्को बैठक असार १ गते दिउँसो ३ बजे बोलाएको छ । उक्त बैठकमा प्रदेश सरकारको २०७८/७९को वार्षिक बजेट प्रस्तुत हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV