२९ जेष्ठ २०७८, शनिबार

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट पदमुक्त भइसकेका पृथ्वीसुब्बा गुरुङले पनि उक्त पदमा दुई दलको समर्थनको दाबी गरेपछि विपक्षी गठबन्धनका ३१ सांसदहरु प्रदेश प्रमुखको निवास अगाडि पलेटी कसेर धर्नामा बसेका छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) र प्रदेश सदस्यबाट पदमुक्त भइसकेका (सर्वोेच्चले पुर्नबहाली गरेका) राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको समर्थनमा गुरुङले मुख्यमन्त्रीमा दाबी गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास अगाडि धर्ना बसेका हुन् ।

प्रदेश प्रमुख सीता कुमारी पौडेलले उनीहरुसँग भेटेकी छैनन् । पौडेलको निवासमा कडा सुरक्षा निगरानी अपनाइएको छ ।

शुक्रबार २४ घन्टाभित्र नयाँ सरकार गठनका लागि समय तोकेकी थिइन् । नयाँ सरकार गठनमा शनिबार ३ बजेसम्म दिएको अन्तिम समयसीमा नाघ्नै लाग्दा गुरुङले पनि दुई जसपाको महन्थ ठाकुर पक्ष र थापाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

विपक्षी गठबन्धनका तर्फबाट काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षर सशरीर शुक्रबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV