२९ जेष्ठ २०७८, शनिबार

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा पनि जारी छ । पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म कायम रहने छ ।

त्यसपछि भने पुनः एक साताका लागि खुकुलो पार्दै निषेधाज्ञा थप गर्ने प्रशासनको तयारी छ । दोश्रो चरणको कोरोना महामारीलाई नियन्त्रण र रोकथाम गर्न काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

शनिबार निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ९२९ ओटा सवारी साधनलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमा ६५५ ओटा दुई पाङग्रे, २०० ओटा चार पाङ्ग्रे, २१ ओटा ट्याक्सी र ५३ ओटा ठुला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV