२९ जेष्ठ २०७८, शनिबार

काठमाडौं । ‘ग्लोकल टीन हीरो नेपाल–२०२१ सातौं संस्करणका लागि आवेदन खुल्ला भएको छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यलगायत विभिन्न क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरीहरुले https://nepal.glocalteenhero.com/मार्फत निशुल्क आबेदन दिन सक्ने ग्लोकलले जनाएको छ ।

गत बर्षझै यस बर्षपनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा २०२१ सेप्टेम्बर १ मा हुने अनलाइन अवार्ड महोत्सब र सम्मेलनमार्फत घोषणा गरिने जानकारी गराइएको छ । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच बिकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिने ग्लोकल प्रालीले जनाएको छ ।

नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ६ किशोर किशोरीहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया र श्रीलंकाबाट एकएक जना सम्मनित भएका छन् ।

साथै २० अण्डर २० छनोट गरेर हालसम्म ९१ जनालाई सम्मानित गरिएको छ । ग्लोकल टिन हिरोलाई दक्षिण एसियली राष्ट्रबीच प्रचार गने लक्ष्य ग्लोकलले लिएको छ । सेप्टेम्बर १ मा ग्लोकल टिन हिरोे नेपाल अनलाइन आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम सन्चालन गरिनेछ ।

ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजनमार्फत यो लाइभ स्ट्रिम पनि हुने बताइएको । पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समीक्षाको आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिने छ ।

त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२१ को बिजेता घोषणा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV