२९ जेष्ठ २०७८, शनिबार

काठमाडौं । शाओमी नेपाल ग्लोबल टेक्नोलोजी लिडरले आफ्नो लेटेस्ट फ्ल्यागशीप मी ११ सिरिज सुपर पर्फमर–मी ११ एक्स प्रो र मी ११लाइटलाई लन्च गरेको छ ।

मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आएको छ, जसको टप अफ द लाइन स्पेक्स र फिचर्सहरुमा ई४ १२० हट्र्जको एमोलेड डिस्प्ले, डल्बी एटमस पावर्ड डुअल स्पिकर, आईपी रेटिङ्ग र भव्य नयाँ डिजाइनहरु प्रस्तुत गरिएको छ ।

अर्कोतर्फ मी ११ लाइटले फ्ल्यागशीप लेभलको स्मार्टफोनको सबै सुविधाहरुलाई अल्ट्रा–लाइटवेट र स्टाइलिस डिजाइनमा प्याक गरेको छ, जुन हाई प्राइस बिना हाई–एन्ड स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरुको लागि उत्तम बनेको कम्पनीको दाबी छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “मीमा हामी उत्कृष्ट पर्फमेन्श र स्टनिंग डिजाइनका साथ क्लास टेक्नोलोजी इनोभेसन्समा सबै भन्दा राम्रो ल्याउनमा केन्द्रित छौँ जसमा कोही पनि नयाँ उत्पादनको स्वामित्व खोजिरहेका छन् । हाम्रो फ्ल्यागशीपको मी ११सिरिज–मी ११ एक्स प्रो र मी ११ लाइटको साथ हाम्रो उद्येश्य भनेको नेपालमा इन्डस्ट्रि–फस्ट क्लास–लिडिङ्ग उत्पादनहरु र प्रविधिहरु भित्राउने हो ।”

भव्य डिजाइन

मी ११ एक्स प्रोले स्लिम प्रोफाइल र लाइटवेट चेसिसलाई मर्ज गर्दछ जसले समग्र ह्यान्ड–फिललाई बढवा दिने कम्पनीले जनाएको छ । एक सहज र हल्का वजन रहेको यो उपकरण मात्र १९६ ग्रामको छ । अत्यन्त सौन्दर्य डिजाइनको साथ निर्मित मी ११ एक्स प्रोले कम्प्याक्ट प्याकेजमा एक इमर्सिभ दृश्यको एक्सपेरियन्स प्रदान गर्दछ ।

यसको अर्को उल्लेखनीय विवरण भनेको हेलो रिंग हो–मेन क्यामेरा सेन्सर नजिकको कस्मेटिक टच जसले समग्र कन्फिडेन्ट डिजाइन बढाउँछ । एक प्रिमियम फिनिस र ७.८ मिलिमिटरको मोटो ग्लास बडीको साथ आउने यस उपकरणले घण्टौँ सम्मको लागि कडा र आरामदमयक पकड प्रदान गर्दछ ।

डिस्प्लेमेट ए प्लस रेटेडस्टनिंग डिस्प्ले

मी ११ एक्स प्रो १२० हट्र्जको एफएचडी प्लस ई४ एमोलेड डिस्प्लेको साथ आउँदछ जसले न्यूनतम अवरोधहरुको साथ उच्चतम स्तरको स्पष्टता प्रदान गर्दछ । सुविधाजनक फ्ल्याट डिस्प्ले डिजाइनको साथ यसले हार्स लाइटिंग कन्डिसन वा प्रत्यक्ष सूर्यको प्रकाशमा पनि अनकम्प्रमाइज्ड भ्युइन्ग एक्सपेरियन्सको लागि १३०० निट्सको पिक ब्राइटनेश प्रस्तुत गर्दछ ।

प्रमुख प्रदर्शन परीक्षण संगठन डिस्प्लेमेटबाट ए प्लस रेटिंगबाट सम्मानित यो स्मार्टफोनको डिस्प्ले एचडीआर१० प्लसको साथ आउँदछ जसले लाइफ–लाइक भ्युइन्ग एक्पेरियन्सको प्रदान गर्दछ । १२० हट्र्जको रिफ्रेस रेट र ३६० हट्र्जको टच स्याम्पलिंगको साथ यो फ्ल्यागशिप डिस्प्ले टच रेस्पन्समा सबै भन्दा स्मुथेस्ट र सबैभन्दा सटिक पनि मानिन्छ ।

कम्पनीका अनुसार मी ११ एक्स प्रो तीव वटा रंगको भेरियन्टमा ‘कस्मिक ब्ल्याक, लुनार वाइट र म्याजिक सेलेस्टियल सिल्भर’मा उपलब्ध हुनेछ ।

म्याजिक सेलेस्टियल सिल्भर रंगको भेरियन्ट विभिन्न काणबाट हेर्दा फरक रंगको देखिने कम्पनीले जनाएको छ । साथै मी ११ लाइट तीन वटा रंगको भेरियन्टमा बोबा ब्ल्याक, बबलगम ब्लु र पिच पिंकमा उपलब्ध हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV