२९ जेष्ठ २०७८, शनिबार

धनुषा । धनुषामा ५ जना बालिकाको मृत्युपछि आज प्रदेश नम्बर २ को सरकारले राहतस्वरुप जनही एक-एक लाख रुपैयाँ दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रदेश नम्बर २ सरकारले पोखरीमा डुबेर मृत्यु भएका ५ जना बालिकाका परिवारहरूलाइ १/१ लाख रुपैयाँका दरले राहतस्वरुप उपलब्ध गराउने घोषणा गरेको हो ।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी नातिनी १२ वर्षीया चाँदनी ठाकुर र उत्तिम साह तेलीकी १२ वर्षीया छोरी ललिता साह तेली रहेका छन् ।

ती पाँचैजना बालिकाको शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको धनुषा प्रहरीले जनाएको छ ।
यता प्रदेश– २ का भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादवले मृतक परिवारसँग भेटघाट गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV