२९ जेष्ठ २०७८, शनिबार

काठमाडौं । नेपाली काँग्रेसका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्राेशित हुँदै नेपालमा नाथुराम गाेड्सेकाे आवश्यकता परेकाे बताएका छन् । नेपाली काँग्रेसका बाग्मती प्रदेश सांसद वैद्यले शुक्रबार प्रदेश सभामा भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा प्रधानमन्त्रीका कारण देश बर्बाद हुन लागेकाे अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री ओलीमाथि आक्रोश पोख्दै उनले नेपालमा नाथुराम गोड्से जस्ता व्यक्तिको आवश्यकता परेको साथै आवश्यक परे आफू नै गोड्से बन्न तयार रहेको बताएका छन् । नाथुराम गाेड्से भारतका आदर्शपुरुष महात्मा गान्धीको हत्याराका रूपमा चिनिन्छन् । उनले गान्धीलाई ३० जनवरी १९४८ मा गोली हानी हत्या गरेका थिए ।

सांसद वैद्यले प्रधानमन्त्री ओलीले आफ्नो सत्ता बचाउन जे पनि गरेको उनको गम्भीर आरोप छ । ओलीले जे कुरामा पनि सम्झौता गरेको गरेकै उनले बताए । ओलीलाई प्रधानमन्त्री मै रहिरहन दिए नेपालनै खाइदिने उनले आरोप लगाए । त्यसैले यो समयमा ओलीलाई यसरी नै राख्न नहुने उनको दावी छ ।

‘खड्क ओली यसरी नै रहिरहे नेपाल खाइदिन्छ है । मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि’, उनले भने, ‘आवश्यक परे आफैँ पनि गोड्से बन्न तयार छु ।’

वैद्यले बोलेको अभिव्यक्ति अमर्यादित भएको आम नागरिक तथा पार्टीकै नेताहरुको भनाइ छ । उनको अधिव्यक्ति चौतर्फी बिरोध भइरहेको छ । त्यस्तै नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पनि वैद्यको अभिव्यक्ति मर्यादित नभएको भन्दै आत्म-आलोचना गर्न समेत निर्देशन दिएका छन् ।

उनले ट्वीट गर्दै सडक र सदन दुवैमा संयमता गुमाउनु नहुने ताएका छन् । आफ्नो शब्द फिर्ता लिएर आत्मआलोचना गर्न भन्दै निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV