२८ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं । ओटीटी प्लेटफर्म नेटफ्लिक्समा अभिनेत्री तापसी पन्नु, विक्रान्त मैसी र हर्षवर्धन राणेको फिल्म ‘हसिन दिलरुबा’को ट्रेलर रिलिज भएको छ । ट्रेलर रिलिजसँगै यो फिल्म दुई जुलाईबाट दर्शकमाझ रिलिज गरिने जानकारी पनि गराइएको छ ।

फिल्मको रिलिज्ड ट्रेलरमा उल्झिएको लभ ट्रेङ्गल प्रस्तुत गरिएको छ, जहाँ अभिनेत्री तापसी लभ, लष्ट, बदला र मर्डरको जालमा फसेकी छन् । फिल्ममा तापसीसँगै विक्रान्त र हर्षवर्धन पनि मुख्य भूमिकामा छन् ।

यस फिल्मलाई विनिल मैथ्युले निर्देशन गरेका हुन् । फिल्मको कथा कनिका ढिल्लनले लेखेकी हुन् । फिल्मको डायलग र स्क्रिनप्ले पनि उनी आफैले लेखेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV