२८ जेष्ठ २०७८, शुक्रबार

कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर १० का एक जना वडा सदस्य काठ सहित पक्राउ परेका छन ।

बिहिवार दिउसो शुक्लाफाटा राष्टिय निकुञ्जको टोलीले बेदकोट नगरपालिका वडा नम्बर १० का वडा सदस्य डम्बर दत्त अवस्थीलाइ काठ सहित उनकै घरबाट पक्राउ गरेको हो ।

बेदकोट नगरपालिका वडा नम्बर १० सिद्धनाथ टोलमा रहेको वडा सदस्य भट्ट घरको नजिककै नालामा ३ गोलीया काठ समेत भेटिएको छ । काठ तस्करी बारे थप अनुसन्धान भइरहेको शुक्लाफाटा राष्टिय निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV