२८ जेष्ठ २०७८, शुक्रबार

झापा । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ड पदमा डा. टंक बाराकोटी नियुक्त भएका छन् ।

विगत लामो समयदेखि अस्पतालमा कार्यरत मेसु डा. पिताम्बर ठाकुर हालै निवृत्त भएपछि प्रदेश १ सरकारले बाराकोटीलाई सो पदमा नियुक्त गरेको हो ।

सात वर्षअघि नै ११ औं तह (सहसचिव) पदमा बढुवा भएका बाराकोटी अस्पतालमा प्रमुख बाल रोग विशेषज्ञका रुपमा कार्यरत थिए । डा. बाराकोटी बिगत लामो समयदेखि मेची अस्पतालमा सेवा गरिरहेका छन् ।

सरकारी स्वास्थ्य सेवामा २२ वर्षदेखी क्रियाशिल डा. बाराकोटीले जिम्मेवारीलाई प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV