२८ जेष्ठ २०७८, शुक्रबार

मुस्ताङ । मुस्ताङ जिल्लाको लागि स्याउको जन्मदाताको रूपमा परीचित बुद्धिरत्न शेरचनको निधन भएको छ । हिजो साँझ ८ बजेर ४५ बजे शेरचनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । लामो समयदेखि शारीरिक रुपमा अस्वस्थ्य रहनु भएको उहाँको उपचारको क्रममा निधन भएको हो ।

बिक्रम संवत् १९९६ साल चैत्र १८ गते शनिवारको दिन म्याग्दीको सिंगामा जन्मिनु भएका शेरचन मुस्ताङमा स्याउ खेती गर्नुपर्छ भनेर दीर्घकालीन सोच बनाएर अघि बढ्ने एक मात्र व्यक्ती हुनुहुन्थ्यो । उहाँ पीता पुर्ण बहादुर शेरचन र माता लालकुमारी शेरचनको जेठो सुपुत्र हुनुहुन्छ ।

सुरुवाती चरणहरुमा प्रशस्त खेतीयोग्य जमिनमा स्याउका बिरुवा लगाएको देखेर उहाँकि हजुरमुमाले धेरै मात्रामा लगानी गर्नु भएको भन्ने भनाइ छ । उहाँले नै गर्नु भएको परिकल्पना आज साकार भएको शेरचन परिवारको दावी छ ।

अहिले हजारौं स्याउ खेतीबाट आम मुस्ताङ बासिले मनग्ये आम्दानी गर्छन् । र, मुस्ताङको स्याउ खेती आम मुस्ताङबासिको लागि दैनिक रोजिरोटिको गतिलो श्रोत बनेको छ ।

पूर्व वागवाणी अधिकृत मदन राइले स्व. शेरचन आम मुस्ताङ बासिको लागि पीता समान भएको बताए । हरेक जनताको जीवन स्तरमाथी सकारात्मक उद्देश्य सहितको भूमिका निर्वाह गर्न सक्ने क्षमता शेरचनसँग भएको राइको जिकिर छ ।

‘अझ बिशेष गरि मार्फा बासिको लागि त शेरचन भगवान् नै हुन्’,  राईले भन्नुभयो, ‘ तत्कालीन समयमा शेरचनले भारतको जम्मु कश्मिरबाट १२ प्रजातिका स्याउका बिरुवा लिएर मार्फाको उर्वर भूमिमा लगाएका थिए । आज उहाँकै प्रेरणास्वरुप सितोस्ण बागबानी बिकास केन्द्रमा करिब ४ दर्जनजति स्याउका प्रजातिहरु छन् ।’

त्यस्तै शेरचनले ओखर, कागजीबदाम, खुर्पानी, चिली, नास्पाती, आरु, चेरी, कटुस लगायतका फलफुलहरुको बिकास गरेको राईको भनाइ छ । अझ भनौं शेरचन सितिस्ण बागबानी बिकास केन्द्रको जन्मदाता नै भएको राईको भनाइ छ ।

पारिवारिक श्रोतका अनुसार शेरचनले बिक्रम संवत् २०१५ सालमा काठमाडौंको जुद्ददय पब्लिक हाइ स्कुलबाट एस एल सि उत्तीर्ण गर्नुभएको थियो । साथै बिक्रम संवत् २०२२ सालमा भारतको युनिभर्सिटी अफ एग्रीकल्चर इन टेक्नोलोजी भुवनेस्वरबाट हर्टिकल्चरमा बिएससी उत्तीर्ण गर्नुभएको थियो।

यसैगरी बिक्रम संवत् २०३१ सालतिर भारतकै उडिसाबाट एम एस सि गर्नुभएको थियो । जननी जन्म भुमिश्च स्वर्गादपी गरियसी भन्ने मुल मन्त्रलाइ आत्मसात गरि शेरचन आफ्नो जिल्ला मुस्ताङ आउनु भएको थियो। साथै उहाँको साथमा भारतबाट प्राबिधिक सहितको टोलि मुस्ताङ आइ स्याउ खेतिको लागि मुस्ताङको मार्फा नै रोज्नु भएको हो ।

हप्तौं लगाएर उत्तरी सिमाना तिब्बतसम्म पुगेर स्याउ खेतिको लागि प्रारम्भिक समेत गर्नुभएको थियो । तर अत्यधिक चिसो र उचित वातावरण नदेखेपछि फर्केका उक्त टोलिद्वारा स्थापना गरेको बागबानी अहिले आम मुस्ताङबासी मात्रै नभएर सारा संसारको मान्छेहरूले मुक्तकण्ठले प्रशंसा गर्ने ठाउँ भएको मार्फा छ।

यसैगरी उहाँलाई अत्यन्तै नजिकबाट नियाल्नुभएका सुकबहादुर भट्टचनका अनुसार शेरचनले मुस्ताङमा बिक्रम संवत् २०२२ सालमा स्याउ खेती सुरु गरेका थिए ।

२०२२ सालको अन्ततिर र २०२३ सालको भदौ महिनाबाट औपचारिक रूपमा स्याउ खेतिको सुरुवात गरेकै कारण मार्फाली जनताहरुको जीवनस्तर धेरै नै माथी उठेको भट्टचनको भनाइ रहेको छ ।

जिल्लाको कृषि क्षेत्रलाई अत्यन्तै माया गर्ने शेरचनकै कारण आज आम मुस्ताङी जनताहरुको आर्थिक स्थिति मजबुत बनेको भट्टचनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शेरचनकै कारण सितोस्ण वागवाणी बिकास केन्द्रको स्थापना भएको हो। तर दुखको कुरा उनको योगदानलाई जिउँदो हुँदै कसैलेपनी सम्झन सकेन।’

शेरचनले जीवनको आधाभन्दा बढी समय स्याउ खेती बिस्तार र अर्गानिक स्याउ उत्पादनमै खर्चेको भट्टचनको जिकिर छ । त्यसैलेत आज सारा नेपालीको लागि शेरचन स्याउका पीता भएको उहाँको भनाइ छ ।

शेरचन बिक्रम संवत् २०२२ साल हुँदै दुई पटकसम्म बागबानी अधिकृत समेत बन्नुभएको थियो । र, मुस्ताङ जिल्लाको मार्फा लगायत अन्य दर्जनौं गाउँहरुमा औपचारिक रुपमा स्याउ खेतिको सुरुवात गरि निरन्तरता दिनुभएको थियो। आज उहैँ शेरचनले सुरुवात गरेको बैज्ञानिक स्याउ खेती सबैको लागि जिबिकोपार्जनको उपयुक्त माध्यम बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV