
- विनय तिम्सीना,
इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–७ ताराकुटीडाँडा फुलगाँछीमा सोही स्थान बस्ने ५० वर्षीय वीरबहादुर लिम्बूको आज दिउँसो मृत्यु भएको हो ।
विजुलीको लाइन बनाउन भ-याङ लागाएर बिजुलीको पोलमा चड्ने क्रममा उनलाई करेन्ट लागेर गम्भीर घाइते अवस्थामा इलाम अस्पताल पु-याएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।
अहिले मृतकको शव अस्पतालको शव गृहमा राखेको तथा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालध्वज सुबेदी जनकारी गराए ।