२८ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं । भारतीय सेनाले प्रदान गरेको करिब २८.८ करोड रुपैंया बराबरको स्वास्थ्य सामग्री तथा उपकरण नेपाली सेनालाई हस्तान्तरण गरिएको छ ।

टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

भेन्टिलेटर, एम्बुलेन्स, आईसीयू बेड, पीपीई किट, पीसीआर परीक्षण किटलगायतका स्वास्थ्य सामग्री जेठ २७ गते काठमाडौं ल्याइएको थियो ।

भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्घको लडाईंमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पु-याएको योगदानको सराहना गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV