२८ जेष्ठ २०७८, शुक्रबार

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमतसहित विपक्षी सांसदहरू प्रदेश प्रमुख सीताकुमारी पौडेलको कार्यालयमा पुगेका छन्।

नयाँ सरकार गठनका लागि शुक्रबार प्रदेश प्रमुख पौडेलले निर्धारण गरेको २४ घन्टा नबित्दै विपक्षी सांसदहरु बहुमतसहित प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गर्न पुगेका हुन् ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसद अहिले प्रदेश प्रमुखको कार्यालयमा रहेका छन् ।

नयाँ सरकार गठनका लागि कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र राजिव गुरूङ (दीपक मनाङ्गे) सहित ३१ जना सांसद प्रदेश प्रमुखकहाँ पुगेका छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुग्न ३१ जना चाहिन्छ।

बिहीबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पक्षमा जम्मा २७ मत आएसँगै उनी पदमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV