
पोखरा । दीपक मनाङेलाई भेट्न आउँदा पोखराको लेकसाइडबाट पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार विहीबार पक्राउ परेका लामासहित ३ जनालाई ३–३ हजार रुपैयाँ जरिवाना तिराएर छाडिएको हो ।
निषेधाज्ञा उल्लंघन रहेको आरोपमा लामा प्रक्राउ परेका थिए । नेपाली कांग्रेसले बिना कारण लामालाई प्रक्राउ गरिएको र सुनियोजित रुपमा फसाउन खोजिएको भन्दै आपत्ति जनाएको थियो ।