२८ जेष्ठ २०७८, शुक्रबार

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधि सभा विघटनपछिको विकसित राजनीतिक घटनाक्रमको सम्बन्धमा छलफल गर्न सभामुख अग्नि सापकोटाको आव्हानमा सर्वदलीय बैठक शुरु भएको हो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, नेमकिपाका प्रेम सुवाल, राप्रपाका दीपक बोहरालगायत सहभागी रहेको सभामुखको सचिवालयले जनाएको छ ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागि रहेका छैनन् । संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न भन्दै सभामुख सापकोटाले आज सर्वदलीय बैठक बोलाएका हुन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV