२८ जेष्ठ २०७८, शुक्रबार

धनुषा । धनुषाको मुखियापट्टी मुसहरनीयाँ गाउँपालिकास्थित पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको छ ।

धनुषा प्रहरीका अनुसार शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका सो गाउँपालिका–६ का ५ बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो ।

हालसम्म ५ बालिकाको शव पोखरीबाट निकालिएको प्रहरीले जनाएको छ । अझैं पनि पोखरीमा खोजी भइरहेको बताइएको छ ।

मृत्यु भएका बालिकाहरुको उमेर १० देखि १२ वर्ष रहेको तर, उनीहरुको नाम भने खुल्न नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV