२८ जेष्ठ २०७८, शुक्रबार

कञ्चनपुर । कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका– ५ धरमपुरकी एक १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

बिहीबार स्थानीय २ युवाले उनलाई ललाइफकाइ नसालु पदार्थ खुवाएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा स्थानीय २२ वर्षीय धन बहादुर बिकलाई पक्राउ गरेको छ भने अर्का एक युवा फरार रहेको जिल्ला प्रहरी कार्र्यालय कन्चनपुरका प्रवक्ता अमर थापा क्षेत्रीले बताए ।

‘घटनामा दुई जनाको संलग्नता रहेको खुलेकोमा एक जनालाई नियन्त्रणमा लिएका छौँ र अर्का आरोपीको खोजी भइरहेको छ,’ थापाले भने ।

बलात्कार आरोपीको खोजीका लागि प्रहरी परिचालन गरिएको छ भने घट्नाको थप अनुसन्धान समेत भइरहेको छ । बलात्कृत युवती शारीरिक रुपमा अशक्त रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV