२८ जेष्ठ २०७८, शुक्रबार

हेटौंडा । बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले ल्याएको निति कार्यक्रयम साहित्यकारले लेखेको शब्दजाल जस्तो भएको बताएका छन् ।

शुक्रबार प्रदेश सभाको बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को निति कार्यक्रममाथि आफ्नो धारण ब्यक्त गर्दै नेता जम्कट्टेलले प्रदेश सरकारले प्रस्तुत गरेको निति कार्यक्रम शब्दजाल र नारै नारामा सिमित भएको दाबी गरेका हुन् ।

उनले सरकारल गौरबको आयोजनामा समावेश गरेको भिमफेदी कुलेखानी सुरुङमार्गको कुनै औचित्य नभएको बताउदै सरकारले सुरुङमार्गको योजनालाई हटाउनुपर्ने बताए । उनले संघीय सरकारले सुरुङमार्ग बनाउन नेपाल पुर्वाधार विकास कम्पनिलाई दिएको अनुमति खारेज नभएको अवस्थामा प्रदेश सरकारले सुरुङमार्ग बनाउन कहाँबाट अनुमति लिएको भन्दै प्रश्न गरेका थिए ।

उनले मकवानपुरबासी र काठमाडौंबासी संग सुरुङमार्ग निर्माण गर्न पुर्वाधार विकास कम्पनिले उठाएको रकम फिर्ता गराउने जिम्मा प्रदेश सरकारले लिनुपर्ने बताए ।

सरकारले केन्द्रको ईसारामा आफ्ना गुटका नेताको सिफारिसमा नीति कार्यक्रम ल्याएको नेता जम्कट्टेलले दाबी गरे । यस्तै संघीय सरकारले गरेको संघीयता विरोधी कामहरुको गुनगान गाउने बागमती प्रदेश सरकार पनि संघीयता विरोधी रहेको आरोपसमेत उनले  लगाए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV