२८ जेष्ठ २०७८, शुक्रबार

झापा । झापाको छुट्टा छुट्टै दुई स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का र पौने ६ बजे कमल गाँउपालिका ७ लालधोन्द्रामा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएकी अर्जुनधारा ३ की ८२ वर्षीया खड्काको उपचारको लागी बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्याउदा नै मृत्यु भईसकेको थियो ।

त्यस्तै कमल ७ लालधोन्द्राका महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय धिमालको सोही मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लैजानै क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV