२८ जेष्ठ २०७८, शुक्रबार

काठमाडौँ । कृष्ण थापालाई जनमोर्चाले फेरि गर्‍यो बर्खास्त गरेको छ । संसदीय दलको ह्वीप विपरीत प्रदेश सभामा तटस्थ बसेको भन्दै राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई फेरि कारबाही गरिएको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न पार्टीले गरेको ह्विप उल्लंघन गरेपछि उनलाई दोस्रोपटक सांसदबाट हटाएको हो । गण्डकी प्रदेशमा बिहीबारको मतदान प्रक्रियामा थापा तटस्थ बसेका थिए।

जनमोर्चाले कारबाहीको जानकारी प्रदेशसभालाई गराएको छ । र, प्रदेशसभाको आजै शुक्रबार बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV