२८ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं । वालुवाटारमा प्रदर्शनमा उत्रिएका वृहत नागरिक समाजका अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतीलगायत २० जनालाई पक्राउ परेका छन् । नागरिक आन्दोलनले सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शन सुरू गर्नेसाथ उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । हाल उनीहरूलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV