२८ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले स्थगित खोप कार्यक्रम आज फेरि सुरु गर्ने भएको छ । सीमित खोप आएकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई आज फेरि खोप लगाइने नगरपालिकाले जनाएको छ ।

खोप बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै दिइनेछ । खोपका लागि उमेर खुल्ने सरकारी कागजात लिइ खोप केन्द्रमा जान र लक्षित समूहबाहेकलाई खोप लगाउन नजान पनि नगरपालिकाले आग्रह गरेको छ ।

खोप केन्द्र बूढानीलकण्ठ नगरपालिका २ मा रहेको गणेश चोक र वडा नम्बर १० मा रहेको बालउद्धार माविमा राखिएको छ । गएको सोमवार र मङ्गलवार नगरपालिकाका एक हजार नौ सय आठ जनालाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV