२७ जेष्ठ २०७८, बिहीबार

काठमाडौं । बरिष्ठ गायक दीप श्रेष्ठ कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना पुष्टि भएको केही दिनपछि शरीरमा अक्सिजनमा मात्र कम भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका गायक श्रेष्ठ १६ दिनपछि डिस्चार्ज भएका हुन् ।

गायक श्रेष्ठ स्वस्थ भई घरमै बस्न मिल्ने भएपछि अस्पतालले विहीबार दिउँसो डिस्चार्ज गरेको हो । जानकारी अनुसार गायक श्रेष्ठ अब केही दिन घरमै आइसोलेसनमा बस्नेछन् ।

करिब दुई साता आईसीयूमा अक्सिजनको सहायतामा बसेका गायक श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि गत मंगलबार मात्रै आईसीयूबाट क्याबिनमा सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV