२७ जेष्ठ २०७८, बिहीबार

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालले कारवाही गरेर पदमुक्त गरेका कर्णाली प्रदेशका ४ सांसदहरुलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।

बिहीबार सर्वोच्चका न्यायधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारवाहीमा परेका ४ सांसदहरुलाई पुन पद बहाली गर्न आदेश दिएको हो । यो संगै नेकपा एमाले माधव नेपाल समूहका कर्णालीका सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीको पद जोगिएको छ ।

गत बैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा नेकपा एमालेले आफ्ना सांसदहरुलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर उनीहरुले पार्टीको ह्वीप उलंघन गर्दै नेकपा माओवादी नेतृत्वको सरकारलाई नै मतदान गरेका थिए ।

त्यसपछि नेकपा एमालेको केन्द्रीय कमिटीको निर्णय र प्रदेश सचिवालयले उनीहरुलाई पदमुक्त गर्न सभामुख समक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV