२७ जेष्ठ २०७८, बिहीबार

काठमाडौँ । विपक्षी गठबन्धनको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनको बैठक सुरु भएको हो ।

पछिल्लो राजनीतिक अबस्थाबारे छलफल भइरहेको र समसामयिक राजनीतिक परिस्थिति र गठबन्धनको आगामी कदमबारे छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएकै दिन विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV