२७ जेष्ठ २०७८, बिहीबार

काठमाडौं । नवनियुक्त वनमन्त्री नारदमुनि रानाले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणपश्चात रानाले पदभार ग्रहण गरेका हुन् ।

पदभारपछि मन्त्री रानाले चूरे क्षेत्रको संरक्षणमा प्रतिवद्ध रहेको बताए । नेपालका बहुमूल्य जडिबुटिको संरक्षण लगाएत वन क्षेत्रको संरक्षणका लागि आवश्यक कार्यक्रम ल्याइने उनको भनाइ छ ।

संविधान, वन ऐन, नियमावली र निर्देशिका जनताको हितमा कार्यान्वयन गरिने उनले बताए । यस्तै विहीबार नै आशा कुमारी विकले पनि वन राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV