२७ जेष्ठ २०७८, बिहीबार

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले कोरोनाका कारण असर परेको औद्योगिक क्षेत्रलाई गतिशील बनाउन ध्यान केन्द्रित गर्ने बताएका छन् ।

विहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री यादवले कोरोनाबाट आम जनताका साथै मुलुकको आर्थिक क्षेत्रमा पनि निकै ठूलो असर परेको भन्दै यस क्षेत्रलाई गतिशिल बनाउन ध्यान केन्द्रित गर्ने बताएका हुन् ।

आफूलाई प्रधानमन्त्रीले दिएको जिम्मेवारीलाई सफलताका साथ पूरा गर्ने उनको भनाइ छ । उनले औधोगिक क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको र त्यस्ता क्षेत्रलाई राज्यसँग जोडेर अघि बढ्ने बताए ।

उनले आफूले मन्त्रालयका सबै कर्मचारीको साथ र सहयोगमा नै अघि बढ्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV