२७ जेष्ठ २०७८, बिहीबार

काठमाडौं । विभिन्न अपराधिक गतिविधिमा संलग्न हुँदै आएका गणेश लामा पोखराको लेकसाइडबाट पक्राउ परेका छन् । गण्डकी प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेलाई भेट्न आएको भन्दै सोधपुछका लागि उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वसको मत लिने भएपछि बिहानैबाट मनाङ्गे सम्पर्कविहीन बनेको थिए । उनले त्यसअघि मुख्यमन्त्रिको विपक्षमा मतदान गर्ने बताएका थिए । तर, उनी बिहीबारको मतदानमै सहभागी भएनन् ।

यसअघि भने मुख्यमन्त्री गुरुङको पक्षमा उभिएका मनाङ्गेलाई गणेश लामाले विपक्षमा मतदान गर्न फोर्स गरेको बुझिएको छ । लामा र मनाङ्गेबीच बुधबार साँझ लेकसाइडको एक होटलमा भेट भएको प्रहरीको भनाइ छ । सो भेटपछि नै मनाङ्गेले विपक्षमा मतदान गर्ने धारणा बनाएको बताइएको छ ।

सोही बिषयमा सोधपुछका लागि लामालाई प्रहरीले पक्राउ गरेको हो ।  अहिले लामालाई इलाका प्रहरी कार्यालय बैदाममा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV