२७ जेष्ठ २०७८, बिहीबार
  • युवराज आचार्य,

झापा । झापाको भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ कोरोना संक्रमणका कारण मृत्यु भएका आफ्ना नागरिकको शव व्यवस्थापनमा आफै लाग्ने गरेका छन् ।

विभिन्न क्षेत्रका जनप्रतिनिधि कोरोना कालमा उल्लेखनीय कार्य नगरेको भन्दै आलोचित बनिरहेको बेला भद्रपुर नगरपालिकाका प्रमुख श्रेष्ठ भने यतिबेला धन्यवादका पात्र बनेका छन् ।

भद्रपुर नगरपालिका वडा नं ४ का नरेन्द्र लिम्बूको कोरोना संक्रमणका कारण बुधबार साझ उपचारका क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको थियो ।

उनको शव व्यवस्थापनमा भद्रपुर नगरपालिका प्रमुख आफै लागेका थिए । प्रमुख श्रेष्ठसंगै स्काउटको टिम पनि शव व्यवस्थापनमा लागेको थियो ।

मृतकको शव अस्पतालबाट निकालेर नगर प्रमुख आफैले भद्रपुर ४ स्थित मायालु वन, रङ्गेडाँडामा आज दिउँसो व्यवस्थापन गरेका हुन् ।

नगरप्रमुखको शाहसिक कामले गर्दा अग्रपंक्तिमा खटिएका नगरपालिकाका कर्मचारी साथै अन्यलाई पनि कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनमा जुट्न थप हौसला मिलेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV