२७ जेष्ठ २०७८, बिहीबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २३८ जनाको परीक्षण गर्दा ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ९०१ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ८७४ जना र ५ हजार ३३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना कोरोनामुक्त भए, ५९ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार २३८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३२ लाख ८० हजार ४७२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ५९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV