२७ जेष्ठ २०७८, बिहीबार

इलाम । इलाममा कोरोना संक्रमणबाट आज एकको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय इलामका अनुसार मृत्यु हुनेमा सूर्योदय नगरपालिकाका एकका पुरुष रहेका छन् । इलाममा हाल सम्म ३२ जनाको मृत्यु भई सकेको छ  भने ५५५ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् ।

त्यस्तैगरी इलाममा आज थप १९ जनामा कोरोना संक्रमण भएको छ ।  यो सँगै जिल्लामा संक्रमितको संख्या १४ सय २४ पुगेको छ ।

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकाका २ महिला, सूर्योदय नगरपालिकामा १ महिला, माइजोगमाई गाउँपालिकामा १ महिला, रोङ गाउँपालिकामा ६ महिला ९ पुरुष थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV