२७ जेष्ठ २०७८, बिहीबार

झापा । कोरोना महामारीको बेला आनी छोइङ डोल्मा फाउण्डेशनले झापाका दुई नगरपालिकालाई ५० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

फाउण्डेशनले संक्रमण रोकथाममा टेवा पुर्याउने उदेश्यले बिहिवार (आज) विर्तामोड र अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता अग्नी खरेलको पहलमा उक्त सामग्री झापाका दुई नगरलाई हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ ।

सो फाउण्डेशन, प्रारम्भ सामाजिक संस्था र सिङ्गापुर रेडक्रसले दुई नगरलाई १र१ थान भेन्टिलेटर, २र२ थान अक्सिजन कन्सनट्रेटर र पीपीई उपलब्ध गराएको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको आनी छोइङ डोल्माले बताउनुभयो । उहाँले जीवनमा सेवा नै सर्वोत्तम कार्य भएको बताउनुभ भएको छ।

देशका विभिन्न जिल्लामा फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गर्दै आएको जनाएको छ । स्वास्थ्य सामग्री ग्रहण गर्दै विर्तामोड नगरका प्रमुख धु्रव शिवाकाटी र अर्जुनधाराका नगर प्रमुख हरि रानाले फाउण्डेशनलाई धन्यावाद दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनाले झापामा सम्झिएर स्वास्थ्य सामग्री उपलब्ध गराएको आभार व्यक्त गर्दै जिल्लाको अवस्था बारे जनाकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV