२७ जेष्ठ २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूह छाडेका गणेश पहाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाउनु हुने भएको छ ।

प्रधानमन्त्रीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा गणेश पहाडी सामान्य प्रशासन मन्त्री बन्ने भएका हुन् । पहाडी केही समयअघिसम्म एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा थिए । नवौं महाधिवेशनमा उनी नेपालको प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो ।

सिन्धुलीबाट दुई पटक निर्वाचित पहाडी नेता योगेश भट्टराई निकट हुन् । पहाडी विद्यार्थीकालदेखि नै भट्टराईसँग निकट रहँदै आउनु भएको थियो । पहाडी एमाले विभाजन हुँदा माले पार्टीतर्फै जानुभएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका पहाडी पछिल्लो समय मौन रहँदै आउनुुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV