२७ जेष्ठ २०७८, बिहीबार

झापा । कोरोना भाइरस संक्रमणबाट झापाका उद्यमी दिपेन्द्र पोखरेलको मृत्यु भएको छ।

कोरोना संक्रमण भएपछि विगत एक महिनादेखि काठमाडौंमा उपचाररत उद्योगी पोखरेलको गएराति मृत्यु भएको उनका कान्छा भाइ प्रविण पोखरेलले जानकारी दिए ।

५३ वर्षीय पोखरेलको गएराती १२ बजे काठमाडौंको नर्भिक हस्पिटलमा मृत्यु भएको हो । उनी ३६ दिनदेखि उपचाररथ थिए ।

नेपाल प्लाइउड भेनियर सघका प्रदेश अध्यक्ष पोखरेल उद्योगीसँगसँगै राजनीतिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका थिए । बिर्तामोड ३ निबासी पोखरेलका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV