२७ जेष्ठ २०७८, बिहीबार

काठमाडाैँ । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा निधन भएकाे छ । अधिकारीकाे आज (बिहीबार) बिहान लैनचौरस्थित आफ्नै निवासमा निधन भएको हाे ।

निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि थिए । उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् ।

हाल अधिकारीका दुई छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV