२६ जेष्ठ २०७८, बुधबार

खोटाङ । खोटाङ सेवा समाज यूकेले खोटाङलाई कोभिड-१९ को रोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि खोटाङ सेवा समाज यूकेले जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, बिआइपिएपी, मास्क लगायतका ११ लाख ४६ हजार २०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खोटाङ सेवा समाजले उपलव्ध गराएको हो ।

कोभिड–१९ को महामारी फैलिरहेकाबेला यूकेमा खोटाङका लागि ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियानमार्फत स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । खोटाङ सेवा समाज यूकेले पहिलो चरणमा ९० वटा थर्मल गन, ९ वटा ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १ थान बिआइपिएपी, २० थान रिजभ्र्वयर सहितको अक्सिजन मास्क, २ थान इन्ट्यूवेसन, ५ थान पेडियट्रिक पल्स अक्सिमिटर, ९० थान एडल्ट पल्स अक्सिमिटर, ५० वटा एडल्ट सक्सन ट्यूव, १० थान गाइडल्स एयरवे, ५० थान थ्रि वे अक्सिजन कारमेला २२, ५ थान हाइ फ्लो नेजल क्यानेल्ला, १ थान इलेक्ट्रिक सक्सन र ९० थान कनेक्सन पाइप र मास्क पठाएको छ।

यूकेमा सञ्चालन गरिएको ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान अन्तर्गत जुटाइएको रकमबाट खरिद गरिएको स्वास्थ्य सामग्री सेवा समाज यूकेका विशिष्ट संरक्षक सदस्य एवं संस्थापक रविप्रकाश राई र वर्तमान सदस्य जानुका राईले स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गरेका छन् ।

आफ्नो जन्म्भूमीमा बसिरहेका नागरिकलाई संक्रमणका कारण अकालमा ज्यान गुमाउनबाट बचाउने लक्ष्यका साथ खोटाङ सेवा समाज यूकेले प्राणघातक रोग कोभिडविरुद्ध यूकेमा अभियान सञ्चालन गरेको विशिष्ट संरक्षक सदस्य एवं संस्थापक रविप्रकाश राईले बताए ।

LIVE TV