२६ जेष्ठ २०७८, बुधबार
  • तारा आचार्य,

विराटनगर । मोरङको केराबारी गाउँपालिकाबाट हतियारसहित दुई जनालाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । केराबारी ९ देविझोडाका गणेश लिम्बू र बेलबारी २ का पदमकुमार लिम्बूलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

उनीहरुले पेस्तोल लुकाएर राखेको सुचना पाएपछि खानतलास गर्दा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुको कोठाबाट पेस्तोल १ थान र ५ थान गोलि बरामद गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

अन्य घरेलु हतियारसमेत फेला पारिएको हुनाले उनीहरुलाई हातहतियार तथा खरखजना कसूरमा थप अनुसन्धान भइरहेको बेलबारी प्रहरीले जनाएको छ ।

जेठ २० गते मात्र ६ जनालाई इलाका प्रहरी कार्यालय बेलबारीले हतियारसहित पक्राउ गरेर मुद्धा चलाएको छ । उनीहरुलाई सिकार खेल्न जाँदा साथीको हत्या भएको आरोपमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV