२६ जेष्ठ २०७८, बुधबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अनुगमन गरेका छन् ।

बुधबार विमानस्थल पुगेर मन्त्री अरगरियाले बिमानस्थलको संरचना र सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिएका थिए ।

त्यस्तै उनले बिमानस्थलको रन वे र पार्कीङ क्षेत्रको पनि निरीक्षण गरेका थिए । बिमानस्थलको आगमन र प्रस्थान स्थलका साथै शौचालय लगाएत समग्र सरसफाईका बारेमा पनि उनले चासो व्यक्त गरेका थिए ।

अनुगमनका क्रममा मन्त्री अरगरियाले यात्रुहरुलाई सहज हुने गरि व्यवस्थापनलाई चूस्तदुरुस्त राख्न निर्देशन दिए । बिमानस्थल पहिलेको भन्दै धेरै नै सुधार भएको भन्दै उनले केहि कमीकमजोरीलाई पनि समाधान गर्दै अघि बढ्ने धारणा राखे ।

उनले सरसफाईका लागि पनि २४ घण्टा नै जनशक्ति व्यवस्थापन गरिने जानकारी दिए । उनले विमानस्थको समग्र सुधार र व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना नै बनाएर अघि बढ्ने जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV