२६ जेष्ठ २०७८, बुधबार

काठमाडौं । महिला अधिकारकर्मीहरुले लोपोन्मुख राउटे समुदायका दुई युवती र चितवनकी सविता भण्डारीले न्याय पाउनुपर्ने भन्दै प्रदर्शन गरेका छन् ।

महिला अधिकारकर्मीहरुले बालुवाटारमा पीडितलाई न्याय र पिडकलाई कडा सजायको माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरी र महिला अधिकारकर्मीको समूहबीच केहीबेर तनाव उत्पन्न भएको थियो । प्रदर्शनमा सहभागी सबैलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

केही दिन पहिले सुर्खेतमा केही युवाहरुले राउटे समुदायका दुई युवतीमाथि यौन दुव्र्यवहार गरेको अश्लिल भिडियो बाहिरिएको थियो, भने चितवनकी सविताको आत्महत्या नभएर हत्या भएको भन्दै आफन्तहरुले न्यायका लागि गुहार मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV