२६ जेष्ठ २०७८, बुधबार
  • तारा आचार्य,

विराटनगर । प्रदेश १ मा आज १ हजार ४६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेहरुमा ६२० जना महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सबैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रदेश १ मा बुधबार ५०७ जना कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा १६५, झापामा १३२, मोरङमा ११९, पाँचथरमा ५४, इलाममा ८, धनकुटामा ६, तेह्रथुममा ४, भोजपुर र उदयपुरमा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सुनसरीको इनरुवामा ६२, धरानमा ३७, इटहरीमा ३४, देवानगञ्जमा १४, दुहवीमा ७, बराहक्षेत्रमा ६, रामधुनीमा ३, गढी र कोशी गाउँपालिकामा १–१, झापाको दमकमा ३७, भद्रपुरमा २२, विर्तामोडमा २०, अर्जुनधारामा १२, कनकाई र शिवसताक्षीमा ८–८, बाह्रदशीमा ७, गौरीगञ्जमा ५, मेचीनगर, बुद्धशान्ति र कचनकवलमा ३–३, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२ जनामा कोरोना पुष्टि भएको छ ।

मोरङको विराटनगरमा ६३, उर्लाबारीमा १६, बेलबारी र बुढीगंगामा ७–७, कटहरी र सुन्दरहरैचामा ४–४, केराबारी र रंगेलीमा ३–३, कानेपोखरी र धनपालथानमा २–२, रतुवामाई, सुनबर्षी, जहदा, ग्रामथान र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि फिदिममा ५१, हिलिहाङमा १ र स्थानीय तह नखुलेका २ जनामा कोरोना देखिएको छ । इलामको इलाम नगरपालिका, रोङ र स्थानीय तह नखुलेका २–२, सुर्योदय र माईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथरमा २ र स्थानीय तह नखुलेका १, तेह्रथुमको म्याङलुङमा ३ र आठराईमा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका २, उदयपुरको चौदण्डीगढी, उदयपुरगढी र त्रियुगामा १–१, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६३ हजार ८२० पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ५८१ रहेको छ । प्रदेश १ मा आज १ हजार ६५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २२४ पुरुष र २८३ जना महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

LIVE TV