२६ जेष्ठ २०७८, बुधबार

काठमाडौँ । दिनभरीमा बजारमा ७० अंकको उतारचढाव देखिएको छ। आज नेप्से सूचक १३.५६ अंकले घटेर २९४६.५८ को बिन्दुमा पुगेको हो ।

आज १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७ सय ३ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२१ कम्पनीको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज नेपाल इन्स्योरेन्स कम्पनी, युनाईटेड मोदि हाईड्रोपावर लिमिटेड लगायत ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV