२६ जेष्ठ २०७८, बुधबार

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्।

अचानक मुटुमा समस्या देखिएपछि शुक्रबार राति गंगालाल अस्पताल भर्ना भएका श्रेष्ठ बुधबार डिस्चार्ज भएका हुन् ।

स्वास्थ्यमा सुधार आएपछि आज बिहान ११ बजे अस्पतालले डिस्चार्ज गरेको उनका छोरा यमन श्रेष्ठले जानकारी दिएका छन् ।

यमनका अनुसार श्रेष्ठको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको छ । अहिले एन्जियोप्लास्टीपछि स्वास्थ्यमा राम्रो सुधार आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV