२६ जेष्ठ २०७८, बुधबार

काठमाडौँ । आदिबासी राउटे समुदायकी युवतीहरुमाथि यौनजञ्य दुर्व्यवहार गर्नेलाई जवाफदेहिता निगरानी समितिले कार्वाहीको माग गरेको छ ।आज एक विज्ञेप्ती जारी गर्दै सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाहरुले स्थानीय राउटे समुदायकी दुईजना युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको घटना प्रति निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञेप्तीमा भनिएको छ, आफ्नो छुट्टै पहिचान बोकेको आफ्नो समुदाय बाहिरको मानिसहरुसँग घुलमिल हुन नखोज्ने र आफ्नै समुदायको नियमलाई कानून मान्ने यी आदिबासी राउटे समुदायकी सोझी युवतीहरुलाई स्थानीय युवाहरुले झुक्यानमा पारी सुनियोजित तरिकाले मदिरा सेवन गराई होटल कोठामा लगेर यौन दुव्र्यवहार गरी निजहरुको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भिडियो राख्ने पीडकहरुलाई कानून बमोजिम हदैसम्मको कारबाहीको लागि पहल गर्न आग्रह गर्दछौं ।ु

साथै, ति भिडियोहरुलाई बिभिन्न यु ट्युबरहरुले गोपनियताको ख्याल नगरी समाचार बनाई सम्प्रेषण गरेका कारण ति आदिबासी युवतीहरुको गोपनियता सम्बन्धी हक तथा संविधान प्रद्धत्त सम्मानपुर्वक बाँच्न पाउने मौलिक हकको हनन भएको छ बताएको छ ।

विज्ञेप्तीमा भनिएको छ, सामाजिक सञ्जालको चरम दुरुपयोग गरि ब्यक्तिको चरित्र हत्यामा संलग्नलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्न र उक्त भिडियो तथा उनीहरुको पहिचान खुल्ने फोटो तत्काल यु ट्यूब, टिकटक, फेसबुक लगायत अन्य सामाजिक सञ्जालबाट हटाउन र सो कार्य गर्ने व्यक्तीहरुलाई समेत कारवाही गर्न जोडदार माग गर्दछौं।

साथै, पीडित युवतीहरुलाई राउटे समुदायको नियम बमोजिम आफ्नो समुदायबाट बहिस्कार गर्ने, ज्यूज्यानमा नै खतरा हुने गरी भौतिक कारवाही हुने सम्भावना भएकोले पीडितहरु माथि दोहोरो हिंसा हुनसक्ने प्रवल सम्भावना देखिएको हुँदा निज युवतीहरुको जिवन रक्षाको लागि तत्काल विश्वसनिय सुरक्षा व्यवस्था गर्न र पीडित युवतीहरुको गोपनियता लगायत जीवन रक्षाको अधिकार संरक्षण गर्न नेपाल सरकार लगायत सम्बन्धित निकायहरुकोे ध्यानाकर्षण गर्दै यथाशिघ्र कारवाही अघि बढाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV