२६ जेष्ठ २०७८, बुधबार
  • युवराज आचार्य,

झापा । एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकको औपचारिक उद्घाटन गरिएको छ । अक्सिजन बैंकको बुधबार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले उद्घाटन गरेका हुन् ।

अहिलेको बिषम् परिस्थितिमा अक्सिजन सिलिन्डरको अभावलाई मध्यनजर गर्दै अक्सिजन बैंक स्थापना गर्नु अभियानको सराहनीय कार्य रहेको प्रजिअ तिमिल्सिनाले बताए ।

अभियानले ३ सय सिलिन्डर खरिद गरेर ल्याइसकेको छ । थप २ सय सिलिन्डर ल्याउने तयारी भईरहेको अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।

उनका अनुसार सिलिन्डर खरिद गरेर बाकी रहेको रकम कोभिड नियन्त्रण कै लागि खर्च गरिने छ । सो सिलिन्डर जिल्लाका अस्पताल, आइसोलेशन सेन्टर र सर्बसाधरणलाई उपलब्ध गराइने बताए ।

अभियानलाई देशभित्र र बाहिर रहेका नेपालीले १ सिलिन्डर बराबर १५ हजारका दरले सहयोग गरिरहेका छन् । अहिलेसम्म जनस्तरबाट १ करोड ५३ लाख ७५ हजार सहयोग संकलन भइसकेको छ ।

अभियानले १ हजार ११ थान सिलिन्डर खरिद गर्ने जनाएको छ । त्यसैगरी रिफिलका लागि ८ सय रुपैयाँ लिएर सिलिन्डर उपलब्ध गराइने बताएको छ ।

अभियानले सरकारी, निजी क्षेत्र र उधोगी ब्यवसायीहरुको सहयोगमा अक्सिजन बैंक संगै अक्सिजन प्लाण्ट समेत स्थापना गर्ने योजना बनाएको अभियानका संयोजक गिरीले बताए ।

यसैगरी उद्घाटन कार्यक्रम अन्तर्राष्ट्रिय झापाली समाजले १५ लाख र झापा जिल्ला सहकारी संघले ५ लाख सहयोग उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV