२६ जेष्ठ २०७८, बुधबार

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयलाई शपथ ग्रहण गराएका हुन् । चन्द्रबहादुर खड्कालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त पदमा भएको उपनिर्वाचनमा पाण्डे निर्वाचित भएका हुन् ।

सपथपछि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले पाण्डेलाई लोगो लगाइदिएका थिए । पाण्डेले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई जनताले महशुस गर्ने गरि कार्यान्वयन गर्न काम गर्ने बताए ।

लुम्बिनी प्रदेशअन्तर्गत जेठ १७ गते भएको निर्वाचनमा पाण्डेले एमालेका उमेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV