२६ जेष्ठ २०७८, बुधबार

काठमाडौं । गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि पुनः पुनरावलोकन मुद्दा दर्ता भएको छ । प्रदेशका सभामुख नेत्रनाथ अधिकारी​ले बुधबार सर्वोच्च अदालतमा पुनरावलोकन मुद्दा दर्ता गराएका हुन् ।

दर्ता गरिएको मुद्दामा अन्तरिम आदेश खारेजको माग गरिएको छ । बुधबार दर्ता भएको मुद्धाको पेशी बिहीबारका लागि तोकिएको छ ।

तर, संयोग के छ भने गण्डकीमा बिहीबार नै मुख्यमन्त्रीले विश्वासको मत लिन गइरहेका छन् ।

यसअघि सर्वोच्च अदालतले प्रदेशसभा प्रदेश सदस्यबाट कारवाहीमा परेका थापालाई प्रदेशसभा सदस्यकै रुपमा काम गर्न दिन जेठ २३ मा अन्तरिम आदेश जारी गरेको थियो ।

जनमोर्चाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम दलबाट हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV