२६ जेष्ठ २०७८, बुधबार

काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोख्रेलले संसदीय प्रणालीमा असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वत बदरभागी हुने दावी गर्नु भएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार दावीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बदर गराएको प्रसंगमा जोड दिदै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले बुधबार सामाजिक संजाल फेसबुकमा भन्नु भएको छ, ‘संसदीय प्रणालीमा असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वतः वदरभागी हुन्छ, भन्ने कुरा कानुनका विद्यार्थीलाई त थाह हुनुनै पर्ने हो।’

बहुमत संसद सदस्यसहित सभापति देउवाले राष्ट्रपति कार्यलयमा प्रधानमन्त्री नियुक्तिका लागि मागदावी गरे पनि त्यसलाई बदर गर्दै राष्ट्रपति भण्डारीले संसद विघटनको सिफारिसलाई अनुमोदन गर्नु भएको थियो ।

त्यसपछि नेपाली, काँग्रेस सहित नेकपामा माओवादी केन्द्र, एमाले माधवकुमार नेपाल समुर र जसपा उपेन्द्र यादव पक्षले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । उक्त रिटमा आजबाट सुनुवाइ भएरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV