२६ जेष्ठ २०७८, बुधबार

झापा । झापाको विर्तामोडमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १० स्थित ठुटेबर निवासी डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश गुरुङ रहेका छन् ।

प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार बुधवार बिहान आफ्नै घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुँदा ती बालकलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामुदायिक हस्पिटल ल्याइ पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV