२६ जेष्ठ २०७८, बुधबार

काठमाडौं । कोरोनाविरुद्ध लडाईमा नेपाललाई ‘मिस वर्ल्ड’ ले सहायता उपलब्ध गराएको छ ।

मिस वर्ल्डको तर्फबाट पूर्वमिस नेपाल श्रृंखला खतिवडाले हामी नेपाल नामक सामाजिक संस्थालाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेकी छिन् ।

नेपाल भ्रमणमा आएको बेला मिस वल्र्ड अध्यक्ष जुलिया मोर्लेले प्रदान गरेको २० हजार अमेरिकी डलर मध्येबाटै उक्त रकम प्रदान गरिएको मिस वर्ल्डद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

प्रदान गरिएको उक्त रकम अक्सिजन कन्सनट्रेटर र अक्सिजन सिलिन्डर खरिदका लागि प्रदान गरिएको जनाइएको छ।

ब्युटी अफ पर्पस विधाको लागि मिस वर्ल्डले यसअघि श्रृंखलालाई उक्त रकम प्रदान गरेको थियो । सो सहायताका लागि त्यसका लागि मिस नेपाल २०१८ की विजेता श्रृङ्खला खतिवडाले पहल गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV